Mero Chitwan
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला सन् २०२४ को जुलाइमा सरकारी आरक्षणविरूद्ध भएको प्रदर्शनमा शेख हसिनासहित उहाँको मन्त्रिपरिषद्का गृहमन्त्री र तत्कालीन प्रहरी प्रमुखले मानवताविरूद्धका अपराध गरेको अदालतको ठहर गरेको छ ।
गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर
गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर हमास समूहले इजरायली बन्धक रिहा गरेलगत्तै इजिप्टमा गाजा शान्ति योजनामा हस्ताक्षर भएको हो। ट्रम्पसहित इजिप्ट, कतार र टर्कीका नेताहरुले गाजा शान्ति योजनाको एक घोषणापत्रमा हस्ताक्षर गरेका छन्। 
यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ माचादोलाई
यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ माचादोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना माचादोले पाउनुभएको छ । नर्वेजियन नोबेल समितिले मारियाले ‘बढ्दो अन्धकारविरुद्ध लोकतन्त्रको ज्योति बलिरहने' काममा सहयोग गरेको उल्लेख गर्दै यसवर्षको शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।
इजरायल र हमासबीच युद्धविराम सहमति,  बन्धक रिहाइ सोमबारदेखि
इजरायल र हमासबीच युद्धविराम सहमति, बन्धक रिहाइ सोमबारदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच युद्ध विराम सहमति भएको दाबी गरेका छन्। उनले इजिप्टमा भएको वार्ताका क्रममा दुव पक्षले अमरिकाद्वारा प्रस्तुत शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका हुन्। यसअनुसार बन्धकहरु सोमबारदेखि रिहाइ गर्ने तयारी गरिएको छ ।  
पूर्ण राज्यको माग गर्दै लद्दाखमा जेन-जी प्रदर्शन, भाजपा कार्यालयमा आगजनी
पूर्ण राज्यको माग गर्दै लद्दाखमा जेन-जी प्रदर्शन, भाजपा कार्यालयमा आगजनी भारतको केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको मान्यता दिन र संविधानको छैंटौ अनुसूचीमा समावेश गर्न माग गर्दै मंगलबार लेहमा हिंसात्मक प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा ४ जनाको मृत्यु हुनाको साथै ७० जनाभन्दा बढी घाइते भएका छन् । 
अफगानिस्तानमा गएको भूकम्पमा ८ सयभन्दा बढीको मृत्यु
अफगानिस्तानमा गएको भूकम्पमा ८ सयभन्दा बढीको मृत्यु अफगानिस्तानमा गएराति गएको ६ म्याग्निच्यूडको भूकम्पमा परी ८ सय भन्दा बढीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजीराले जनाएकाे छ । भूकम्पमा परि ८ सय १२ जनाको मृत्यु भएको तालिबान सरकारकाे प्रवक्ताले जनाएको अलजजीराले उल्लेख गरेकाे छ। यस्तै भूकम्पमा परि तीन हजारभन्दा बढी घाइते भएका छन् ।
हरपल मृत्युको छायाँबीच कसरी काम गरिरहेका छन् गाजाका पत्रकार ?
हरपल मृत्युको छायाँबीच कसरी काम गरिरहेका छन् गाजाका पत्रकार ? काम गर्नका लागि उनीहरूलाई २४ घण्टा बिजुली र इन्टरनेट चाहिन्छ, तर गाजामा बिजुली काटिएको छ। त्यसैले उनीहरू अस्पताल नजिकै बस्छन्, जहाँ जेनेरेटरमार्फत् फोन र अन्य उपकरण चार्ज गर्न सकिनेमात्र बिजुली पाइन्छ । 
भारतको उत्तरकाशीमा ठूलो बाढी,  ४ जनाको मृत्यु, ५० बेपत्ता
भारतको उत्तरकाशीमा ठूलो बाढी, ४ जनाको मृत्यु, ५० बेपत्ता बाढीले ५० जना भन्दा बढी मानिसहरू बेपत्ता भएको र कम्तिमा ४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदिमा अचानक ठूलो बाढी आएको देखिएको छ । जसले नदीको एक किनारमा रहेका घर र पसलहरु बगाएको देखिन्छ ।
साउदी अरबमा अब विदेशी नागरिकले पनि सम्पत्ति किन्न सक्ने
साउदी अरबमा अब विदेशी नागरिकले पनि सम्पत्ति किन्न सक्ने अब विदेशी नागरिकहरूले पनि साउदी अरबमा सम्पत्ति किन्न सक्ने कानुन ल्याइएको छ ।  यही जुलाई २५ मा 'उम्म अल-कुरा गजेट' मा प्रकाशित यो कानुन अब यो १८० दिन भित्र लागू हुनेछ।
थाइल्यान्ड र कम्बोडियाबीच सैन्य झडप,  कम्तीमा १२ जनाको मृत्यु
थाइल्यान्ड र कम्बोडियाबीच सैन्य झडप, कम्तीमा १२ जनाको मृत्यु बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच झडप सुरु भएको हो । कम्बोडियाले भने अहिलेसम्म के कति क्षति भयो जानकारी दिएको छैन । झडपसँगै थाइल्यान्डले कम्बोडियासँगको सीमा बन्द गरेको छ ।
सिरियाली सैन्य मुख्यालयमा इजरायलको भिषण आक्रमण
सिरियाली सैन्य मुख्यालयमा इजरायलको भिषण आक्रमण इजरायली सेनाले सिरियाको राजधानी दमास्कसस्थित सिरियाली सेनाको मुख्यालय र राष्ट्रपति भवन क्षेत्रमा भिषण आक्रमण गरेको छ ।  दक्षिण पश्चिम सिरियाको ड्रुज समुदायका मानिसहरुको रक्षा गर्ने प्रयासस्वरुप आक्रमण गरिएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
इरानले विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने
इरानले विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने अमेरिकी हवाइ हमलाले इरानका नतान्ज, फोर्डो र इस्फहानस्थित आणविक स्थलमा ठूलो क्षति पुगेको छ । तेहरानले यसलाई स्पष्ट आक्रमणको संज्ञा दिएको छ । उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अरब इमिरेट्सबीच पर्सियन खाडी र अरब सागरलाई जोड्ने स्ट्रेट अफ हर्मुज अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो...
Weather Update