Mero Chitwan
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

नारायणगढ (चितवन)-भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । 
 
हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update