४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
शुक्रबार, असोज १८, २०८१
दाउन्नेमा फेरि भासियो सडक, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
शुक्रबार, असोज १८, २०८१
जिल्लाको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले बताए ।
श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौँ-भरतपुर उडान भर्ने
बिहीबार, असोज १७, २०८१
“शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भने, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।”
बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी
बिहीबार, असोज १७, २०८१
सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । बिहीबार बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।
दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरियतामा विश्वकै दोस्रो नम्बरमा
बुधबार, असोज १६, २०८१
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आइसिसीले बुधबार जारी गरेको नयाँ बरियताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए ।
जयमंगलामा बिहीबारदेखि दशैं कप ब्याडमिन्टन प्रतियाेगिता हुने
बुधबार, असोज १६, २०८१
जयमंगला युवा क्लवले आयाेजना गरेकाे उक्त प्रतियाेगितामा ६० टिमकाे सहभागिता रहने प्रतियाेगिताका संयाेजक अनित चाैरेलले जानकारी दिए । प्रतियाेगिता सी र डी लेभलमा हुनेछ ।
भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ : प्रमुख दाहाल
बुधबार, असोज १६, २०८१
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले बुधबारदेखि गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताइन् ।
तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती
मंगलबार, असोज १५, २०८१
-केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन ।
नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन
मंगलबार, असोज १५, २०८१
गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।
मन्त्रिपरिषद्को निर्णय : राहत कोषमा १ अर्ब उपलब्ध गराइने, राष्ट्रिय शोक घोषणा गरिने
सोमबार, असोज १४, २०८१
मन्त्रिपरिषद्को आज बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम विपद् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयले तत्काल एक रु अर्ब उपलब्ध गराउने निर्णय गरेको छ ।
विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता
सोमबार, असोज १४, २०८१
खोज तथा उद्धारकार्य जारी रही आज नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुरलगायत स्थानबाट घाइते, विरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको उनले जानकारी दिए ।
बाढीपहिरो अपडेट : १९२ जनाको मृत्यु, ३० बेपत्ता
सोमबार, असोज १४, २०८१
प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।