इजरायल र इरान युद्धको मोडमा, इरानद्वारा इजरायलमाथि सयौं मिसाइल र ड्रोन आक्रमण
शनिबार, जेठ ३१, २०८२
एयर इन्डियाको विमान दुर्घटनामा बाँच्न सफल यात्रु भन्छन्- चमत्कार भयो
बिहीबार, जेठ २९, २०८२
१२ जना चालक दलका सदस्यसहित कुल २४२ जना सवार रहेको विमानका ३७ जना यात्रु तथा चालक दलका सदस्यहरूको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ। तर, यस दुर्घटनामा एक यात्रु रमेश विश्वास कुमारको भने जिवितै उद्दार भएको छ।

भारतको अहमदावादमा २ सय ४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना
बिहीबार, जेठ २९, २०८२
विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु रहेको बताइएको छ । दिउँसो १ बजेर ३८ मिनेटमा उडान भरेको जहाज २ मिनेटपछि नै खसेको थियो । विमानमा १ सय ६९ भारतीय, ५३ बेलायती, पोर्चुगलका ७ र क्यानडाका एक यात्री रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान खसेलगत्तै ७...

हार्वर्डमा अध्ययन गर्न चाहने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेशमा हस्ताक्षर
बिहीबार, जेठ २२, २०८२
राष्ट्रपतिलाई अमेरिकी हितका लागि हानिकारक हुन सक्ने विदेशीको प्रवेश रोक्न सक्ने अधिकार दिने एउटा संघीय कानुनको प्रावधानलाई प्रयोग गर्दै ट्रम्पले यस्तो आदेश दिनुभएको हो । हार्भर्डसम्बन्धी उक्त आदेशमा आतंकारी संगठनसँग आबद्ध विदेशीको प्रवेश निषेध गर्नेसम्बन्धी कानुनको समेत उल्लेख गरिएको छ ।
विद्यार्थी भिसा अन्तर्वार्ता रोक्न विश्वभरका दूतावासलाई ट्रम्प प्रशासनको निर्देशन, कति प्रभावित हुन्छन् नेपाली ?
बुधबार, जेठ १४, २०८२
विदेशमन्त्री मार्को रुबियोले अर्को निर्देशन जारी नहुञ्जेलसम्म विद्यार्थीको नयाँ भिसा अन्तर्वार्ता रोक्न निर्देशन दिनुभएको हो । पहिल्यै तय भइसकेका भिसाको अन्तर्वार्ता भने यथावत् रहने जनाइएको छ । यो कदम राष्ट्रपति ट्रम्पले उच्चस्तरीय विश्वविद्यालयहरूसँगको आफ्नो विवाद तीव्र बनाइरहेका बेला आएको हो ।
युएईको तापक्रम लगातार दोस्रो दिन ५१.६ डिग्री सेल्सियस
शनिबार, जेठ १०, २०८२
संयुक्त अरब इमिरेट्स (युएई) लगायत छवटा देशलाई केन्द्रित गरी तयार पारिएको उक्त प्रतिवेदनमा यो क्षेत्र विश्वको औसतभन्दा झण्डै दुई गुणा बढी तापक्रम वृद्धि भइरहेको र यसले गर्दा यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका लागि ‘अति संवेदनशील’ भएको पाइएको छ ।

पञ्जाबमा अवैध मदिरा सेवनबाट २१ जनाको मृत्यु
मंगलबार, वैशाख ३०, २०८२
उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए । जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
ट्रम्पद्वारा कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव
आइतबार, वैशाख २८, २०८२
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारत र पाकिस्तानबीच विवादको मूल जरोका रूपमा रहँदै आएको कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव गरेका छन् ।

भारतविरुद्ध पाकिस्तानले सुरु गर्यो 'अपरेशन बुन्यान उल मर्सुर्स', थुप्रै भारतीय सैन्य पूर्वाधारमा आक्रमण गरेको दाबी
शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ । भारतविरुद्ध 'अपरेशन बुन्यान उल मन्सूर्स' सुरु गरेको र थुप्रै भारतीय सैन्य पूर्वाधारमा आक्रमण गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ ।

भारत-पाकिस्तान सीमा क्षेत्रमा शुक्रबार पनि गोलाबारी
शुक्रबार, वैशाख २६, २०८२
समाचार एजेन्सी एएनआईका अनुसार, उरी सेक्टरमा गोलीबारी र विस्फोटको आवाज सुनिएको थियो। यसबाहेक, पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ ।

भारत-पाक तनाव : सीमाका २४ जिल्लामा उच्च निगरानी, १० हजार सुरक्षाकर्मी परिचालन
शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तानबीच तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका २४ जिल्लामा उच्च निगरानी गरिएको छ । यस्तै भारततर्फको सीमा क्षेत्रमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भारतले गर्याे पाकिस्तानमा हवाई आक्रमण, ३० जनाको मृत्यु
बुधबार, वैशाख २४, २०८२
आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादका आतंकवादी ठेगानालाई निशाना बनाइएको हो ।