Mero Chitwan
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खस्दा विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 
बंगलादेशमा नोबेल विजेता युनुसले लिए अन्तरिम सरकार प्रमुखको सपथ
बंगलादेशमा नोबेल विजेता युनुसले लिए अन्तरिम सरकार प्रमुखको सपथ उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । 
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नाेबेल पुरस्कारविजेता युनुस नियुक्त
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नाेबेल पुरस्कारविजेता युनुस नियुक्त बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
भारतको केरलामा  पहिरो जाँदा ४७ जनाको मृत्यु
भारतको केरलामा पहिरो जाँदा ४७ जनाको मृत्यु भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४७ जनाको मृत्यु भएको छ ।केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ
राष्ट्रपति चुनाव नलड्ने जो बाइडनको घोषणा
राष्ट्रपति चुनाव नलड्ने जो बाइडनको घोषणा चौतर्फी दबाबपछि अमेरिकी राष्ट्रपति जो बाइडनले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव नलड्ने घोषणा गरेका छन् । रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने पनि उनले जनाएका छन् ।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार बीबीसीका अनुसार पेन्सिलभेनियाको बटलरमा राजनीतिक र्‍यालीमा सहभागी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो। गोली उनको कानमा लागेको छ । 
बेलायतमा १४ वर्षपछि सत्तामा फर्कियो लेबर पार्टी, को-को बने मन्त्री ?
बेलायतमा १४ वर्षपछि सत्तामा फर्कियो लेबर पार्टी, को-को बने मन्त्री ? बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । हिजो सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टी ६५० सदस्यीय तल्लो सदन हाउस अफ कमन्समा ४१२ सिटमा विजयी भएको हो । सत्तारुढ कन्जरभेटिभ पार्टी भने १ सय १२ सिटमै खुम्चिएको छ । 
औषधि किन्न हिडेकी महिला अजिङगरको पेटभित्र मृत फेला
औषधि किन्न हिडेकी महिला अजिङगरको पेटभित्र मृत फेला मध्य इन्डोनेसियाको सुलावेसीमा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेकी छन् । आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएकी सिरियाटी नामकी ३६ वर्षीया महिला बेपत्ता भएकी थिइन् ।  खोजी गर्ने क्रममा उनलाई अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।
मक्कामा अत्यधिक गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु, मृत्यु हुनेमा एक जना नेपाली पनि
मक्कामा अत्यधिक गर्मीका कारण १ हजारभन्दा बढीको मृत्यु, मृत्यु हुनेमा एक जना नेपाली पनि साउदी अरबको मक्कामा हजयात्राका लागि गएका १ हजारभन्दा बढी तीर्थयात्रीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकी ६० वर्षीया सायर बानो सैयद पनि रहेको जेद्दाहस्थित कार्यवाहक महावाणिज्यदूत शत्रुधन पोखरेलले जनाएका छन् ।
Weather Update