भ्याट बिल अब ‘लट्री टिकट’, अर्थमन्त्री भन्नुहुन्छ - लखपति बनाउँछौँ
आइतबार, जेठ १७, २०८३
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)
शुक्रबार, जेठ १५, २०८३
सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो ।
प्रतिनिधिसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत
बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्नुभएको छ ।
‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ
बुधबार, फागुन २७, २०८२
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री वितरणका लागि डेरीमार्ट थप गर्दै लगेको छ । पहिलो ‘डेरीमार्ट’ भरतपुर महानगरपालिका-१० दूरसञ्चार रोडमा सञ्चालनमा ल्याएको सङ्घले दोस्रो शाखा नारायणगढको बेलचोकमा सञ्चालनमा ल्याएको हो ।
बजेट अर्धवार्षिक समीक्षाः प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो
मंगलबार, माघ २७, २०८२
चालु आवका लागि सातवटै प्रदेशको कुल बजेट रु दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रहेकामा पुस मसान्तसम्ममा १४ दशमलव १६ प्रतिशत मात्र खर्च भएको देखिएको छ ।
वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
शनिबार, कात्तिक २२, २०८२
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ ।
चितवनमा मौरी चरन क्षेत्र अभाव
बुधबार, कात्तिक १२, २०८२
जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् ।
नेप्से चार वर्षयताकै उच्च बिन्दुमा
मंगलबार, साउन १३, २०८२
नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बजार लगातार बढ्न थालेसँगै नेप्सेको बजार आकार पहिलोपटक ५० खर्ब रुपैयाँ पुग्दै नयाँ रेकर्डसमेत राखेको छ । मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ बिन्दुमा आएको थियो । नेप्सेले एक वर्षअघिको उच्च बिन्दु पार गरेको हो।
शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आयो मौद्रिक नीति
शुक्रबार, असार २७, २०८२
नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
बिहीबार, असार १२, २०८२
श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट...
दैलेखमा नेपालीलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटियो
बिहीबार, असार ५, २०८२
दैलेखमा नेपालीहरूलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटिएको छ । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको चीनको एसएनपीसी सीबु इन्जिनियरिङको प्रारम्भिक अध्ययनले देखाएको हो ।
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
शनिबार, जेठ १७, २०८२
नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
गौरवका आयोजनाका आयोजनाहरुको पुनरावलोकन गरिने, छनोट गर्न मापदण्ड बनाइने
बिहीबार, जेठ १५, २०८२
सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गर्ने भएको छ । कतिपय गौरवका आयोजनाको प्रगति नै हुन नसकेपछि सरकारले पुनरावलोकन गर्ने भएको हो । यस्तै गौरवका आयोजना छनोट गर्न पनि स्पष्ट मापदण्ड बनाइने भएको छ ।


