Mero Chitwan
सिरियाली सैन्य मुख्यालयमा इजरायलको भिषण आक्रमण

काठमाडौं–इजरायली सेनाले सिरियाको राजधानी दमास्कसस्थित सिरियाली सेनाको मुख्यालय र राष्ट्रपति भवन क्षेत्रमा भिषण आक्रमण गरेको छ ।  दक्षिण पश्चिम सिरियाको ड्रुज समुदायका मानिसहरुको रक्षा गर्ने प्रयासस्वरुप आक्रमण गरिएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इजरायलका रक्षामन्त्री इजरायल कात्जले भनेका छन्, ‘चेतावनीको समय अब सकिसक्यो । अब कडा र दर्दनाक आक्रमण हुनेछन् ।’ 

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ड्रुज समुदायको रक्षा  र सिरियाली शासनको गिरोह अन्त्य गर्नका लागि काम गरिरहेका बताएका छन् । 

साथै उनले ड्रुज समुदायका इजरायली सदस्यहरुलाई पनि सीमापार गरी सिरिया नजान अपिल गरेका छन् । सिरियाली सरकारले यस आक्रमणको निन्दा गर्दै अपराधिक र अवैध व्यवहार बताएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update