Mero Chitwan
भारतको अहमदावादमा २ सय ४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना

काठमाडौं । भारतको अहमदावादमा २ सय ४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना भएको छ । अहमदावादको सरदार वल्लभ भाइ पटेल विमानस्थलबाट लण्डन जाँदै गरेको विमान उडेको केही मिनेटमै दुर्घटना भएको हो ।

विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु रहेको बताइएको छ । दिउँसो १ बजेर ३८ मिनेटमा उडान भरेको जहाज २ मिनेटपछि नै खसेको थियो । विमानमा १ सय ६९ भारतीय, ५३ बेलायती, पोर्चुगलका ७ र क्यानडाका एक यात्री रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान खसेलगत्तै ७ वटा दमकल घटनास्थल पुगेका थिए भने दुर्घटनास्थलबाट कालो धुवाँ उठेको देखिएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update