Mero Chitwan
भारतको उत्तरकाशीमा ठूलो बाढी,  ४ जनाको मृत्यु, ५० बेपत्ता

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी धरालीमा अचानक ठूलो बाढी आउँदा नदी किनारको बस्तीमा ठूलो क्षति भएको छ ।

बाढीले ५० जना भन्दा बढी मानिसहरू बेपत्ता भएको र कम्तिमा ४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदिमा अचानक ठूलो बाढी आएको देखिएको छ । जसले नदीको एक किनारमा रहेका घर र पसलहरु बगाएको देखिन्छ ।

भारतीय सञ्चार माध्यमहरूले अहिले भारतीय सेनाका १ सय ५० भन्दा बढी जवान र अरू सुरक्षाकर्मी उद्धारमा खटिएको उल्लेख गरेका छन ।

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ । बाढीले सेनाको क्याम्पमा क्षति पुर्याएको र कैयौं सैनिक जवान बेपत्ता भएको जनाइएको छ । 

सुरक्षाकर्मीहरूले केहीको जीवितै उद्धार गर्न सफल भएको जनाएका छन । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update