Mero Chitwan
रत्ननगर महोत्सवमा हरेक दिन रक्तदान कार्यक्रम आयोजना गरिने
रत्ननगर महोत्सवमा हरेक दिन रक्तदान कार्यक्रम आयोजना गरिने पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा यही पुस २५ गतेदेखि सुरु हुने रत्ननगर महोत्सवको १३ औँ संस्करणमा हरेक दिन रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
भरतपुरका २० किसानबीच दूध दुहुने रियालिटी शो हुने
भरतपुरका २० किसानबीच दूध दुहुने रियालिटी शो हुने  भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो । कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धतालगायतका पक्षहरूको मूल्याङ्कन गरिने निर्माता रविन सुवेदीले जानकारी दिनुभयो ।
विकासका लागि समन्वय गर्दै चितवनका पालिकाहरू
विकासका लागि समन्वय गर्दै चितवनका पालिकाहरू कालिका नगरपालिकाले दोस्रो पटक आफ्नो नगरभित्र सबै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निमन्त्रणा गरेर विकासमा समन्वय गर्दै अघि बढ्न समन्वयात्मक बैठक राखेको हो ।
‘हिट एण्ड रन’ नियन्त्रणमा चितवन प्रहरी सक्रिय
‘हिट एण्ड रन’ नियन्त्रणमा चितवन प्रहरी सक्रिय पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट एण्ड रन)का घटना बढ्दै गएका छन् । सवारीसाधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ ।
हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम
हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित रोचक हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) मा लक्ष्मीकली प्रथम भएकी छन् ।
राप्ती र नारायणीमा बढे घडियाल गोही
राप्ती र नारायणीमा बढे घडियाल गोही चितवनका दुई प्रमुख नदीहरु राप्ती र नारायणीमा दुर्लभ एवं संकटापन्न प्रजाति घडियाल गोहीको संख्या बढेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको अनुगमन गणनाका क्रममा दुवै नदी प्रणालीमा ३६६ वटा घडियाल गोही प्रत्यक्ष रूपमा देखिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । 
पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव
पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ । 
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु
राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही मङ्सिर २१ देखि २८ गतेसम्म गोही गणना तथा अनुगमन गर्न लागिएको हो ।
नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु
नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण सुरु भएको छ ।
सौराहामा पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव
सौराहामा पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव गर्न लागिएको हो । 
भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय
भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ । दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन् ।
Weather Update