सर्वोच्चको अनधिकृत पत्रले रेशम चौधरी ५ घण्टा कारागारमा, पत्र लेख्ने अधिकृत पक्राउ
बुधबार, वैशाख १७, २०८२
सरकार-शिक्षक ९ बुँदे सहमति, असार १५ भित्र शिक्षा विधेयक पारित गरिने, शिक्षक आन्दोलन स्थगित
बुधबार, वैशाख १७, २०८२
मन्त्रिपरिषद्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ ।
रेशम चौधरी पक्राउ, जनमतसँगको एकीकरण स्थगित
बुधबार, वैशाख १७, २०८२
रेशम पक्राउपछि नागरिक उन्मुक्ति र जनमतबीच आज हुने भनिएको एकता स्थगित भएको छ । एकतालाई लिएर ठूला दलहरुले षड्यन्त्र गरिरहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले यसअघि नै सामाजिक सञ्जालमा लेखेका थिए । उनले आफूलाई ज्यान मार्ने धम्की आएकोदेखि रेशम चौधरीलाई पक्राउ गर्न सक्नेसम्मका कुरा उल्लेख गरेका थिए ।
सरकार–शिक्षक वार्ता आज पनि निष्कर्षविहीन, सकारात्मक भएको शिक्षामन्त्रीको दाबी
मंगलबार, वैशाख १६, २०८२
वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक हिसाबले अघि बढेको जानकारी दिए । मन्त्री पन्तले वार्तालाई सकेसम्म छिटो टुंग्याउन सरकार प्रयत्नशील रहेको पनि बताए । सकेसम्म साझा सहमतिका आधारमा टुंग्याउने उनको भनाइ छ।
नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
मंगलबार, वैशाख १६, २०८२
नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन लागेको हो ।
नवराज विक हत्या : २३ जनाको जन्मकैद सदर
मंगलबार, वैशाख १६, २०८२
उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा जिल्ला अदालतबाट प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ।
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
मंगलबार, वैशाख १६, २०८२
नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। आज बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो।
वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी
मंगलबार, वैशाख १६, २०८२
वैभव सूर्यवंशी पुरुष ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनका सूर्यवंशीले सोमबार ३५ बलमा शतक पूरा गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ ।
चितवन निकुञ्जद्वारा राप्ती नदीमा गोहीका अण्डा सङ्कलन सुरु
सोमबार, वैशाख १५, २०८२
चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गरेको छ । गोहीका १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गरिएको निकुन्जले जनाएको छ ।
सत्र अर्बभन्दा बढी अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ
सोमबार, वैशाख १५, २०८२
अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपियाँ बराबरको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
भरतपुर महानगरद्वारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु
आइतबार, वैशाख १४, २०८२
सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । भरतपुर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी आइतबार कार्यक्रम सुरु गरेकी हुन् । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो ।
टिकटक बनाउन बोलाएर १४ वर्षीय बालकको गोली हानी हत्या
आइतबार, वैशाख १४, २०८२
टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक बालकको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई हत्या गरेको पाइएको हो ।


