
चितवन : चितवनको इच्छाकामना ४ कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हने भएको छ ।
अस्पतालमा वैशाख २५ गतेदेखि बिमा कार्यक्रम शुरु गरिन लागिएको हो । कार्यक्रमको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सेवाको समुद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो ।
साथै सेवा शुभारम्भको दिन भिडियो एक्सरे निशुल्क गरिने छ । सोही दिनदेखि हरेक महिनाको दोश्रो शुक्रबार स्त्री रोग विशेषज्ञ सेवा र भिडियो एक्सरे सेवा पनि सुरु गरिने अध्यक्ष गुरुङले बताए । यसैबीच मौलाकालिका अस्पताल भरतपुरमा इच्छाकामनाका नागरिकले उपचारमा २५ प्रतिशत छुट पाउने भएका छन् । मौलाकालिका अस्पताल र इच्छाकामना गाउँपालिकाबिच उपचारमा २५ प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट गर्ने सहमति भएको हो ।