केआईआईटीमा नेपाली विद्यार्थी मृत फेला : निष्पक्ष छानबिनका लागि नेपाल सरकारद्वारा आग्रह
शुक्रबार, वैशाख १९, २०८२
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको हो । घटनाका विषयमा समन्वय गरिरहेको उल्लेख गर्दै परराष्ट्रले परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषय [पूर्णपाठसहित]
शुक्रबार, वैशाख १९, २०८२
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्...
केआइआटीमा फेरि अर्की नेपाली छात्रा झुण्डिएको अवस्थामा फेला
बिहीबार, वैशाख १८, २०८२
विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् ।
सर्वोच्चको अनधिकृत पत्रले रेशम चौधरी ५ घण्टा कारागारमा, पत्र लेख्ने अधिकृत पक्राउ
बुधबार, वैशाख १७, २०८२
दिउँसो १ बजेतिर काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नाउपा र जनमत पार्टी एकीकरणको कार्यक्रममा सामेल हुँदै गर्दा सादा पोशाकका प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई पक्राउ गरेको थियो। तर चौधरीलाई सर्वोच्च...
सरकार-शिक्षक ९ बुँदे सहमति, असार १५ भित्र शिक्षा विधेयक पारित गरिने, शिक्षक आन्दोलन स्थगित
बुधबार, वैशाख १७, २०८२
मन्त्रिपरिषद्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध...
रेशम चौधरी पक्राउ, जनमतसँगको एकीकरण स्थगित
बुधबार, वैशाख १७, २०८२
रेशम पक्राउपछि नागरिक उन्मुक्ति र जनमतबीच आज हुने भनिएको एकता स्थगित भएको छ । एकतालाई लिएर ठूला दलहरुले षड्यन्त्र गरिरहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले यसअघि नै सामाजिक सञ्जालमा लेखेका...
सरकार–शिक्षक वार्ता आज पनि निष्कर्षविहीन, सकारात्मक भएको शिक्षामन्त्रीको दाबी
मंगलबार, वैशाख १६, २०८२
वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक हिसाबले अघि बढेको जानकारी दिए । मन्त्री पन्तले वार्तालाई सकेसम्म छिटो टुंग्याउन सरकार प्रयत्नशील रहेको पनि बताए । सकेसम्म साझा सहमतिका आधारमा टुंग्याउने उनको...
नर्भिकमा पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
मंगलबार, वैशाख १६, २०८२
नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । पछिल्लो समय पत्थरीसम्बन्धी स्वास्थ्य समस्या बढ्न थालेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालनमा ल्याउन...
नवराज विक हत्या : २३ जनाको जन्मकैद सदर
मंगलबार, वैशाख १६, २०८२
उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा जिल्ला अदालतबाट प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ।
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
मंगलबार, वैशाख १६, २०८२
नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। आज बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो।
वैभव सूर्यवंशी बने टी–२० क्रिकेटमा कम उमेरमा शतक बनाउने खेलाडी
मंगलबार, वैशाख १६, २०८२
वैभव सूर्यवंशी पुरुष ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बनेका छन् । १४ वर्ष ३२ दिनका सूर्यवंशीले सोमबार ३५ बलमा शतक पूरा गरेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग...
चितवन निकुञ्जद्वारा राप्ती नदीमा गोहीका अण्डा सङ्कलन सुरु
सोमबार, वैशाख १५, २०८२
चितवन राष्ट्रिय निकुञ्जले सोमबारदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गरेको छ । गोहीका १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गरिएको निकुन्जले जनाएको...
सत्र अर्बभन्दा बढी अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ
सोमबार, वैशाख १५, २०८२
अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख...
भरतपुर महानगरद्वारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु
आइतबार, वैशाख १४, २०८२
सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । भरतपुर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी आइतबार कार्यक्रम...
टिकटक बनाउन बोलाएर १४ वर्षीय बालकको गोली हानी हत्या
आइतबार, वैशाख १४, २०८२
टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक बालकको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई हत्या गरेको पाइएको...
शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप, शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते
आइतबार, वैशाख १४, २०८२
यसैबीच माओवादीले शिक्षकमाथि भएको हस्तक्षेपको विरोध गरेको छ । प्रवक्ता अग्नि सापकोटाले आइतबार विज्ञप्ति जारी गरी समस्या सुल्झाउनभन्दा बल्झाउने काम गरेको आरोप लगाएका छन्।
एनएसएल : ललितपुर सिटी दोस्रो पटक बन्यो च्याम्पियन
शनिबार, वैशाख १३, २०८२
दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले...
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ, भोलि अदालत उपस्थित गराइने
शनिबार, वैशाख १३, २०८२
उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । तर, उनलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार साँझ कपनस्थित घरबाटै पक्राउ गरेको हो ।
नेपाल आइपुगे क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल
शुक्रबार, वैशाख १२, २०८२
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे । गत चैत १५ गते टोलीको मुख्य नियुक्त भएका उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आएका हुन् ।