Mero Chitwan
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका लगातार तेस्रो वर्ष पनि उत्कृष्ट
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका लगातार तेस्रो वर्ष पनि उत्कृष्ट यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।
चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै
चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै चितवनको भरतपुरमा देशकै ठूलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ । आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलन गरी यही फागुन १७ गतेदेखि २० गतेसम्म दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण चितवनको भरतपुरमा हुने जानकारी गराएको हो ।
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलमा भने घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलमा भने घट्यो यस्तै  डिजेल तथा मट्टितेलको मूल्य भने घटाइएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री र पोखराका मेयरको बर्न अस्पतालमा उपचार हुँदै
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री र पोखराका मेयरको बर्न अस्पतालमा उपचार हुँदै पोखरा पर्यटन वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।
मोटरसाइकल दुर्घटनामा उछिट्टिएर त्रिशूलीमा बेपत्ता युवक भेटिएनन्
मोटरसाइकल दुर्घटनामा उछिट्टिएर त्रिशूलीमा बेपत्ता युवक भेटिएनन् शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर एक युवक त्रिशुलीमा बेपत्ता भएका थिए ।
कक्षा १२ को परीक्षा आगामी वैशाख ११ देखि
कक्षा १२ को परीक्षा आगामी वैशाख ११ देखि यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।
अमेरिकाले नेपालीसहित ११९ जना अवैध आप्रवासीलाई पठायो पनामा
अमेरिकाले नेपालीसहित ११९ जना अवैध आप्रवासीलाई पठायो पनामा अमेरिकाले नेपाललगायत विभिन्न देशका ११९ जना अवैध आप्रवासीलाई पनामा पठाएको छ । पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले अवैध आप्रवासी आएको पुष्टि गर्नुभएको छ ।
भरतपुर अस्पतालले सञ्चालनमा ल्यायो बिरामीका लागि नि:शुल्क सटल बस, यस्तो छ रुट
भरतपुर अस्पतालले सञ्चालनमा ल्यायो बिरामीका लागि नि:शुल्क सटल बस, यस्तो छ रुट भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि आजदेखि निःशुल्क सटल (छोटो दुरीमा चल्ने) बस सञ्चालन सुरु गरेको छ ।
मकुना हात्ती मृत्यु प्रकरण : स्थलगत काम सकेर फर्कियो कार्यदल
मकुना हात्ती मृत्यु प्रकरण : स्थलगत काम सकेर फर्कियो कार्यदल चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जंगली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदल स्थलगत अध्ययन सकेर फर्किएको छ । 
म्यानमार पुर्‍याएर ठगी धन्दामा फसाइएका ७ नेपालीको उद्धार
म्यानमार पुर्‍याएर ठगी धन्दामा फसाइएका ७ नेपालीको उद्धार द्वन्द्वग्रस्त मुलुक म्यानमार पुर्‍याएर अनलाइन ठगी धन्दामा फसाइएका ७ नेपालीको उद्धार गरिएको छ । ७ नेपाली सहित २० देशका २६० जनालाई ठगी धन्दामा संलग्न गराउने समूहबाट उद्धार गरेर म्यानमारको विद्रोही समूहले थाइल्यान्डको सेनालाई जिम्मा लगाएको हो ।
लगानी बोर्डका सीइओ शक्तिखोर औद्योगिक क्षेत्रमा,  कालिकाका मेयरसँग छलफल
लगानी बोर्डका सीइओ शक्तिखोर औद्योगिक क्षेत्रमा, कालिकाका मेयरसँग छलफल बुधवार प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रमा नगर प्रमुख रेग्मीले लगानी बोर्डका सिईओ ज्ञवालीसहित चितवन उद्योग संघका पूर्वअध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, गोपालप्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, सदस्य गोविन्दप्रसाद खनाल लगायतको टोलीसँग भेट गरेका हुन् ।
रेवान कप महिला फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा बसन्तपुर युनाइटेड विजयी
रेवान कप महिला फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा बसन्तपुर युनाइटेड विजयी रेवान सौराहाको आयोजनामा मंगलबारदेखि सुरु भएको १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत फुटबल प्रतिगोगिता सुरु भएको हो । खेलकुदको माध्यमबाट सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताएका छन् ।
Weather Update