Mero Chitwan
वर्षाका कारण दाउन्नेमा जाम

चितवन । वर्षाका कारण पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको दाउन्नेमा सवारीसाधन चिप्लिँदा सवारीको लाम लागेको छ । 

बुटवल नारायणगढ सडकखण्ड बिस्तारकोक्रममा रहेको दाउन्ने खण्डमा गएराती देखि परेको वर्षाले सडक हिलाम्य भएपछी सवारी आवागमन ठप्प भएको हो।

ठुला र मालबहाक सवारी उकालो र ओरालो सडकमा चिप्लिँदा सवारी आवागमन प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराले बताए।

ठुला र मालबहाक सवारी उकालो उक्लन नसक्दा यात्रु बहाक सवारी र साना सवारी पनि जाममा पर्नुपरेको छ ।अहिले ठुला सवारीलाई दुम्किबास र बर्दघाटमा रोकिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update