
एजेन्सी- पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ । भारतविरुद्ध 'अपरेशन बुन्यान उल मर्सुर्स' सुरु गरेको र थुप्रै भारतीय सैन्य पूर्वाधारमा आक्रमण गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ ।
भारतले आफ्ना तीनवटा सैन्य अड्डालाई निशाना बनाएको पाकिस्तानले आरोप लगाएको थियो । पाकिस्तानी फौजको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार पाकिस्तानले जवाफी कारबाहीलाई 'अपरेशन बुन्यान उल मर्सुर्स' नाम दिइएको छ । भारतले पाकिस्तानको यो दाबीलाई लिएर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले आफ्ना तीन सैन्य अड्डालाई निशाना बनाएको विषयमा जवाफी कारबाही गर्ने बताएका छन् ।
पाकिस्तानी डिफेन्स सिस्टमले भारतले प्रहार गरेका अधिकांश मिसाइल खसालेको उनको दाबी छ। देशको सेना पूरै तरिकाले तयार रहेको उनको भनाइ छ ।