Mero Chitwan
रवीन्द्र मिश्रको छैटौंपटक म्याद थप, थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । 

संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौंपटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।  रवीन्द मिश्रसँगै दुर्गा प्रसार्ईंको पनि ५ दिन म्याद थपिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update