शिक्षामन्त्री विद्या भट्टराईले किन दिइन् राजीनामा ?
सोमबार, वैशाख ८, २०८२
पाथीभरातर्फ जाँदै गरेको जीपमा सवार चार यात्रुको करेन्ट लागेर मृत्यु
सोमबार, वैशाख ८, २०८२
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेको मे१च ३०११ नम्बरको जीपमा करेन्ट प्रवाह हुँदा चार यात्रुको मृत्यु भएको छ । सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलमा लत्रिएको तारबाट जीपमा करेन्ट प्रवाह हुँदा थप दुई जना घाइते समेत भएका ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।
वर्षाले खेल रद्द हुँदा यू-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै
शनिबार, वैशाख ६, २०८२
नेपाल र अफगानिस्तानबीचको आईसीसी पुरुष अन्डर नाइन्टिन क्रिकेट विश्वकप एसिया छनोटको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै नेट रन रेटका आधारमा अगाडि रहेको अफगानिस्तान आगामी वर्ष जिम्बावे र नामिबियामा हुने अन्डर नाइन्टिन विश्वकपमा छनोट भएको छ । नेपाल छनोटको उपविजेता बने पनि विश्वकपमा पुग्न सकेन ।
गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध प्रमुख तीन दल एक मत
शनिबार, वैशाख ६, २०८२
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।
रुसद्वारा इस्टरका अवसरमा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
शनिबार, वैशाख ६, २०८२
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टरका अवसरमा युक्रेनमा अस्थायी युद्धविराम घोषणा गरेका छन् । रुसी सेनाले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्नेछ ।
गृहले भन्यो-अराजकता फैलाउनेलाई कारबाही गरिनेछ
शनिबार, वैशाख ६, २०८२
मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नारायणघाट–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताएका छन् ।
अभिनेत्री नीति शाहले गरिन् विवाह
शुक्रबार, वैशाख ५, २०८२
नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन् । आज शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।
दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
शुक्रबार, वैशाख ५, २०८२
दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा३ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रधानमन्त्रीले गरे भरतपुरको ६ लेन सडकको उद्घाटन
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ पुल्चोकदेखि भरतपुर गोन्द्राङसम्म ६ किलोमिटर दूरीको ६ लेन सडकको उद्घाटन गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष
बिहीबार, वैशाख ४, २०८२
संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । विमानस्थलमा भएको अनियमितताको अनुसन्धान गर्न गठित उपसमितिले ठूलो भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।
आगामी तीन दिन मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबार, वैशाख ४, २०८२
महाशाखाले आज साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शिक्षक महासंघले आन्दोलन नरोक्ने
बिहीबार, वैशाख ४, २०८२
महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो । सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाए पनि सभामुख देवराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको जनाएको हो ।


