Mero Chitwan
बालमन्दिरको जग्गा हिनामिना गर्नेविरुद्ध ठगी मुद्दा चलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं–  महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गर्नेविरुद्ध ठगी मुद्दा चलाउने निर्णय गरेको छ ।  

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी र जग्गा बद्नियतपूर्ण रुपमा जग्गा लिजमा भोग गरिरहेको बृहस्पति विद्या सदनका सञ्चालकविरुद्ध ठगीमा मुद्दा चलाउने निर्णय गरेको हो ।

अनाथका लागि सरकारले संगठनलाई उपलब्ध गराएको जग्गा तेस्रो पक्षलाई बदनियतपूर्ण रुपमा दिइएको भन्दै यसमा ठगी भएको महान्यायाधिवक्ता कार्यालयले किटान गरेको हो । 
२०८१ वैशाख दोस्रो साता नेपाल बाल संगठनले बृहस्पति विद्या सदनसँग गरेको लिज सम्झौता खारेज गरेको थियो । त्यसपछि बृहस्पति यसविरुद्ध उच्च अदालत पाटन गएकामा दुवै पक्षलाई ‘आर्बिटेसन’बाट विवाद सुल्झाउन र मुद्दामा नलैजान चलखेल भएको थियो । 

मिलेमतोमा संगठनले २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिजमा दिने गरी बद्नियतपूर्ण निर्णय गरेको थियो ।

त्यसपछि यो प्रकरणमा भएको हिनामिनाको खोजबिन र अनुसन्धान अघि बढेको थियो । योबीचमा अनुसन्धान दबाउन पनि चलखेल भएका थिए । तर, दबाका बीच अघि बढेको अनुसन्धानका आधारमा अब भने ठगीमा मुद्दा दायर हुने भएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update