Mero Chitwan
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय

काठमाडौँ – नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। आज बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो। 

सरकारसँगको वार्ताका लागि महासंघले विभिन्न सर्तहरु राखेको छ। यसअघि आफूहरुलाई वार्ताभन्दा विद्यालय शिक्षा ऐन चाहिएको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए। 

शिक्षामन्त्रीसँग पटक पटक गरेको छलफललाई महासंघले आधिकारिक रुपम वार्तामा मानेको थिएन। महासंघले आधिकारक रुपमा निर्णय गर्दै महासंघले अघि सारेका ९ बुँदे प्रस्तावमा सहमति हुने आधारसहित वार्तामा बस्ने निर्णय गरेको हो।

एकीकतृ अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनसँगसँगै सरकारसँग वार्तामा समेत बस्ने निर्णय भएको बताए। 

क्याबिनेटले गर्ने निर्णय, ऐन आउने सुनिश्चतता, हामीसँग भएका सहमति र शिक्षा उपसमितिमा विद्यालय शिक्षा ऐनको अन्तरवस्तुले आन्दोलनको स्वरुप निर्धारण गर्नेछ,’ अध्यक्ष अधिकारीले भने।
 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update