Mero Chitwan
केआइआटीमा फेरि अर्की नेपाली छात्रा झुण्डिएको अवस्थामा फेला 

काठमाडौं । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी-केआइआटी विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा फेला परेकी छन् । 

विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् । 

यसअघि गत फागुनमा बुटबलकी छात्रा प्रकृति लम्सालको सोही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएपछि विवाद र तनाव सिर्जना भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update