Mero Chitwan
रेशम चौधरी पक्राउ, जनमतसँगको एकीकरण स्थगित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी पक्राउ परेका छन् । नाउपा र जनमत पार्टी एकीकरणका लागि प्रज्ञा भवन पुगेका बेला चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

चौधरीलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएपछि डिल्लीबजार कारागार लगिएको छ । टीकापुर घटनामा जन्मकैद सजाय पाएका चौधरी राष्ट्रपतिले आममाफि दिएपछि रिहा भएका थिए । 

रेशम पक्राउपछि नागरिक उन्मुक्ति र जनमतबीच आज हुने भनिएको एकता स्थगित भएको छ । एकतालाई लिएर ठूला दलहरुले षड्यन्त्र गरिरहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले यसअघि नै सामाजिक सञ्जालमा लेखेका थिए । उनले आफूलाई ज्यान मार्ने धम्की आएकोदेखि रेशम चौधरीलाई पक्राउ गर्न सक्नेसम्मका कुरा उल्लेख गरेका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update