Mero Chitwan
पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन उपसमितिले बुझायो समितिमा,  २ सांसदको फरकमत

काठमाडौं । संसद्को लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको प्रतिवेदन समितिमा बुझाएको छ । 

समितिले निर्माण लागत अनुमानदेखि निर्माणका विभिन्न चरणमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरेको छ । विमानस्थल निर्माणका क्रममा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको देखिएको भनिए पनि सम्वन्धित निकायले नै यसमाथि अनुसन्धान गर्ने संयोजक राजेन्द्र लिङदेनले बताएका छन् ।

प्रक्रियागत रुपमा कमजोरी रहेको सम्वन्धित व्यक्तिहरुसँग छलफल नगरिएको लगायतका विषयमा आफूहरुको चासो रहेको भन्दै प्रतिवेदनमा एमाले सांसदहरु गोकुल बास्कोटा र तारा लामाले फरक मत राखेका छन् । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न २४ अर्ब रुपैयाँ खर्च भएको थियो । यो विमानस्थल २०७९ साल पुसमा निर्माण सम्पन्न भएर उद्घाटन गरिएको थियो । लिङ्देन नेतृत्वको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानबिन गर्न गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, अमनलाल मोदी, प्रेमबहादुर आले, तारा लामा, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव सदस्य छन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update