सरकार–शिक्षक वार्ता आज पनि निष्कर्षविहीन, सकारात्मक भएको शिक्षामन्त्रीको दाबी

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन भएको छ । शिक्षा मन्त्रालयमा आज भएको वार्ता पनि कुनै टुंगोमा पुग्न नसकेको हो ।
वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक हिसाबले अघि बढेको जानकारी दिए । मन्त्री पन्तले वार्तालाई सकेसम्म छिटो टुंग्याउन सरकार प्रयत्नशील रहेको पनि बताए । सकेसम्म साझा सहमतिका आधारमा टुंग्याउने उनको भनाइ छ।
शिक्षक महासंघले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल भएको र भोलि निर्णय आउने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ २३:०६
प्रतिक्रिया दिनुहोस्