रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
शुक्रबार, जेठ २, २०८२
हावाहुरीले लुम्बिनीमा ५ जनाको मृत्यु, ८ जना घाइते
शुक्रबार, जेठ २, २०८२
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ तीन जना गम्भीर घाइते भएका छन् ।
टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
बिहीबार, जेठ १, २०८२
चितवन कारागारमा चाप बढेपछि १४० कैदी स्थानान्तरण
बिहीबार, जेठ १, २०८२
जिल्ला कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार पछिल्लो पटक वैशाख २५ गते पाँच जनालाई मोरङ् कारागार स्थानान्तरण गरिएको छ । भीमफेदी कारागार मकवानपुरमा एकजना, काठमाडौँको जगन्नाथ देवलमा सात जना, हाल केन्द्रीय कारागार रहेको खम्बाक्याम्प नुवाकोटमा ८७ जना, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) २९ जना, तनहुँ कारागारमा एकजना, रसुवा कारागारमा आठ जना र...
झण्डै १३ खर्ब पुग्यो सरकारी बेरुजु, एक वर्षमै थपियो ९१ अर्ब
बुधबार, वैशाख ३१, २०८२
आर्थिक वर्ष २०८०/८१ मा सरकारी कार्यालयको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रस्तुत गरिएको महालेखापरीक्षकको ६२ औं प्रतिवेदन अनुसार ५ हजार ७५९ सरकारी कार्यालयको लेखापरीक्षण गर्दा एक वर्षमा उक्त परिमाणमा बेरुजु देखिएको हो ।
पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु
बुधबार, वैशाख ३१, २०८२
आज दिउँसो धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीय साङमाया गुरुङको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको । माइक्रोमा ११ जना सवार थिए ।
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त [नामसहित]
बुधबार, वैशाख ३१, २०८२
मन्त्री गुरुङका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएका छन् ।
पञ्जाबमा अवैध मदिरा सेवनबाट २१ जनाको मृत्यु
मंगलबार, वैशाख ३०, २०८२
उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए । जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मंगलबार, वैशाख ३०, २०८२
राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।
नर्भिक अस्पतालद्वारा उत्कृष्ट १६ नर्सिङ कर्मचारी पुरस्कृत
मंगलबार, वैशाख ३०, २०८२
नर्भिक इन्टरनेशनल अस्पतालले उत्कृष्ट १६ नर्सिङ कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । विश्व नर्सिङ दिवसका अवसरमा सोमबार आयोजित समारोहमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले १६ जनालाई 'बेस्ट नर्सिङ स्टाफ' अवार्डबाट पुरस्कृत गर्नुभएको हो ।


