Mero Chitwan
पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन — पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ लामेआहालमा माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

आज दिउँसो धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीय साङमाया गुरुङको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको ।  माइक्रोमा ११ जना सवार थिए ।

मृतकबाहेक ८ जनाको अवस्था सामान्य रहेको छ । उनले बताइन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको माइक्रो एक्कासी चलेको हावाहुरीले अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माइक्रो सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो ।

 

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update