Mero Chitwan
चितवनमा एक व्यक्तिले गरे आफ्नै छोरी र भतिजाको हत्या

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यत्तिले आफ्नी छोरी र भतिजाको हत्या गरेका छन् ।

४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा ५ वर्षका साजन गिरी र आफ्नी छोरी ७ वर्षकी प्रभालाई बिहान १० बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् । हतियार प्रहराबाट गम्भीर घाइते भएका साजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।

घटनापछि लिलाराजले पनि आत्महत्याको प्रयास गरेकोमा उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ। घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update