Mero Chitwan
नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट बहुमतले पारित भएका छन् ।

दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि बहुमतले पारित भएका हुन् । 

वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो। त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो। छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिएका हुन् । 

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। ती सबै अस्वीकार भएका थिए।  

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update