टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले १६ व्यक्ति र २ कम्पनीविरुद्द मुद्दा दायर गरेको हो ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
दूरसञ्चार प्राधिकारणको टेरामक्स प्रविधि खरिदका क्रममा ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरषोत्तम खनालसहितका प्राधिकरणका निर्देशक विजयकुमार रायलाई पनि मुद्दा दायर गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२ १५:१५
प्रतिक्रिया दिनुहोस्