ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै कुलमानले भने - मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई छैन
बिहीबार, फागुन १५, २०८१

रारा किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट
बिहीबार, फागुन १५, २०८१
मुगुको रारा तालको किनारमा अवस्थित एक होटलमा गए राति आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ ।

बर्सेनि ३ हजार डढेलो, सबैभन्दा बढी चुरे क्षेत्र प्रभावित
बिहीबार, फागुन १५, २०८१
डढेलोका अन्तरनिहित कारणमा वन व्यवस्थापन हुन नसक्नु, वनमा ज्वलनशील पदार्थ अधिक जम्मा हुनु, खेतीयोग्य जमिन बाँझो रहनु, लापरबाही, अन्जान वा नियतवश आगो लगाउनु, चोरी सिकारलगायत रहेका छन्।

सुदूरपश्चिम र कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना
बिहीबार, फागुन १५, २०८१
पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ।

भारतको महाकुम्भमा ६४ करोडले गरे गंगा स्नान
बुधबार, फागुन १४, २०८१
महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला सकिएको छ । मेलामा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई, नेपाल २-० ले पराजित
बुधबार, फागुन १४, २०८१
६२ औं मिनेटमा यु पर खिनले गोल गरेपछि नेपाल १-० ले पछि पर्यो । खिनले सोलो मुभमा अघि बढ्दै नेपालको पेनाल्टी बक्समा पुर्याएर बल चिप गर्दा गोल हुन पुग्यो । नेपाली किपर एन्जिला बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन् ।

साउथ एशियन युनिभर्सिटीद्वारा शैक्षिक सत्र २०२५-२६ को भर्ना प्रकृया सुरु
बुधबार, फागुन १४, २०८१
भारतको नयाँदिल्लीस्थित साउथ एशियन युनिभर्सिटीले शैक्षिक सत्र २०२५-२६ को भर्ना प्रकृया सुरु गरेको छ । यस वर्ष विभिन्न विभागहरुमा १ हजार ३ सय सीटहरुमा भर्ना खोलेको विश्वविद्यालयले जनाएको हो।

बेलायतले वैदेशिक सहायता बजेट कटौती गर्ने, नेपालमा समेत प्रभाव पर्ने सम्भावना
मंगलबार, फागुन १३, २०८१
बेलायली प्रधानमन्त्री केइर स्टार्मरले बेलायतले सन् २०२७ सम्ममा आफ्नो रक्षा खर्च कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २.५ प्रतिशत पुर्याउने र यसका लागि वैदेशिक सहायता बजेटमा कटौती गरिने घोषणा गर्नुभएको छ ।

महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन
मंगलबार, फागुन १३, २०८१
महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । दर्शनार्थी एवं भक्तजनका सवारी साधनहरूको पार्किङ तिलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुह्यश्वरीपारि करिडोर सडकमा मिलाइएको छ भने वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्यांकरहरू पार्किङ हुनेछन् ।

केआईआईटी घटनापछि स्वदेश फर्कन बाध्य विद्यार्थी त्रिविमा भर्ना हुन पाउने
मंगलबार, फागुन १३, २०८१
त्रिवि शिक्षाध्यक्षको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कन बाध्य नेपाली विद्यार्थी क्रेडिट ट्रान्सफर नीति अनुसार विश्वविद्यालयमा सञ्चालित कार्यक्रम वा विषयमा भर्ना हुन सक्ने जनाएको हो ।

पश्चिम नवलपरासीको बेलासपुरमा अन्तरजातीय प्रेमको विषयमा झडप, ५ प्रहरीसहित १५ घाइते
मंगलबार, फागुन १३, २०८१
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच विवाद हुँदा आज दिनभर तनावग्रस्त बन्यो । स्थानीय एक युवक र युवतीबीच अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर झडप हुँदा ५ जना प्रहरीसहित १५ जना घाइते भएका छन् ।

महाशिवरात्रि : मठमन्दिरको सजावट र सरसफाइमा एक करोडभन्दा बढी खर्च
सोमबार, फागुन १२, २०८१
महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले १ करोड ५० लाख रुपैयाँ खर्च छुट्याएको छ । साधु सन्तको बसोवास/भोजन, दर्शनार्थीलाई सहज रूपमा आवतजावत, पाशुपत क्षेत्रमा रङरोगन तथा फूल र बत्ती र शृङ्गारमा खर्च गरिने कोषले जनाएको छ ।