रवि लामिछानेसहित २९ जनाविरूद्ध ठगी र संगठित अपराध मुद्दा दर्ता
आइतबार, असार १, २०८२
जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबीसहित रास्वपा सभापति रवि लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । लामिछानेविरूद्ध सहकारी ठगी तथा...
बढ्यो पेट्रोल र डिजेलको मूल्य
आइतबार, असार १, २०८२
इन्डियन आयल कर्पोरेसनले नयाँ खरिद मूल्य बढाएर पठाएको भन्दै निगम सञ्चालक समिति बैठकले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
आइतबार, असार १, २०८२
परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका...
कोभिड संक्रमित बढ्दै, नआत्तिन र सतर्कता अपनाउन मन्त्रालयकाे सुझाव
शनिबार, जेठ ३१, २०८२
नेपालमा कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरू बढ्दै गए पनि लक्षण सामान्य देखिएकाले नआत्तिन र सतर्कता अपनाउन मन्त्रालयले सुझाएको छ ।
इजरायल र इरान युद्धको मोडमा, इरानद्वारा इजरायलमाथि सयौं मिसाइल र ड्रोन आक्रमण
शनिबार, जेठ ३१, २०८२
इजरायलले शुक्रबार गरेको हमलामा परी इरानी सेनाका वरिष्ठ अधिकारीहरुसहित ७० भन्दा बढीको मृत्यु भएपछि इरान पनि प्रत्याक्रमणमा उत्रिएको छ । इरानले पनि अपरेशन टु प्रमिसअन्तर्गत सयौं ब्यालिस्टिक मिसाइल र ड्रोन...
तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ७ जना थुनामा, बाँकी ३२ जना धरौटीमा रिहा
शुक्रबार, जेठ ३०, २०८२
काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
एयर इन्डियाको विमान दुर्घटनामा बाँच्न सफल यात्रु भन्छन्- चमत्कार भयो
बिहीबार, जेठ २९, २०८२
१२ जना चालक दलका सदस्यसहित कुल २४२ जना सवार रहेको विमानका ३७ जना यात्रु तथा चालक दलका सदस्यहरूको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ। तर, यस दुर्घटनामा एक यात्रु रमेश विश्वास...
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि दुर्व्यवहार
बिहीबार, जेठ २९, २०८२
नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारूलाई दुर्व्यवहार गरेका हुन् । बहुमतका कार्यकर्ताले वीरगञ्जस्थित अस्थायी इजलासमै पुगेर न्यायाधीश थारूमाथि मोसो फालेको प्रहरीले जनाएको छ ।
भारतको अहमदावादमा २ सय ४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना
बिहीबार, जेठ २९, २०८२
विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु रहेको बताइएको छ । दिउँसो १ बजेर ३८ मिनेटमा उडान भरेको जहाज २ मिनेटपछि नै खसेको थियो । विमानमा १...
हेलिकोप्टरमार्फत् उद्धार गरेर यसरी बँचायो नर्भिकले जनकपुरकी महिलालाई
बुधबार, जेठ २८, २०८२
जनकपुरकी एक ७० वर्षीया महिलालाई हृदयाघात भएको जानकारी आएपछि नर्भिक अस्पतालले हेलिकोप्टरमार्फत् तत्काल उद्धार गरी सफल उपचार गरेको छ।
विश्वकप लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सनसनीपूर्ण जित
बुधबार, जेठ २८, २०८२
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको सिरिजमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्समाथि १६ रनको सनसनीपूर्ण जित निकालेको हो...
काठमाडौँ महानगरपालिकाले प्रयोग गरेको खानेपानीमै कोलिफर्म भेटियो
मंगलबार, जेठ २७, २०८२
महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी. एन. इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ ।
आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था सहज बनाइँदै
मंगलबार, जेठ २७, २०८२
आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्थामा रहेको झन्झट हटाउँदै अब आमाले स्वघोषणा गरेमा बालबालिकाले आमाको नामबाट नागरिकता पाउन सक्ने व्यवस्था गरिएको विधेयक संसदीय समितिले पारित गरेको छ । राज्यव्यवस्था...
सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
मंगलबार, जेठ २७, २०८२
सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन्।
बेलायत पठाइदिने भन्दै ११ करोडभन्दा बढी ठगी गर्ने दुईजना पक्राउ
सोमबार, जेठ २६, २०८२
पक्राउ पर्नेमा मोरङ रतुवामाई नपा-१० घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली, सबेला नपा-१२, धनुषा घर भई हाल काठमाडौँ महानगरपालिका–३२, नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज...
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली मध्यरातमा काठमाडौं उत्रिए
सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्टमा परेका ३७ जना नेपाली मध्यरातमा काठमाडौँ उत्रिएका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा ३२ पुरुष र ५ महिलालाई नेपाल फर्काइएको हो ।
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया
आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उक्त शल्यक्रिया गरेको हो।
तुलसीपुरमा बस दुर्घटना हुँदा ३० जना घाइते
आइतबार, जेठ २५, २०८२
दाङको तुलसीपुर-१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
फुटपाथ कब्जामाथि भरतपुर महानगरको कडाइ, सामान जफत गर्न थालियो
शनिबार, जेठ २४, २०८२
महानगर प्रहरी नायव उपरीक्षक कृष्णहरि ढकाल नेतृत्वको टोलीले नारायणगढको लायन्सचोकदेखि पुलचोकसम्मका क्षेत्रमा फुटपाथमा राखिएका सामान जफत गरेको हो ।