Mero Chitwan
माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र : एकीकृत समाजवादी

काठमाडौँ — नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालमाथि मुद्दा लगाएपछि बसेको सचिवालय बैठकले राजीतिक प्रतिशोध र षड्यन्त्र भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पदाधिकारी बैठकले नेपालविरुद्ध अख्तियारमा मुद्दा दर्ता भइसकेकाले तथ्य प्रमाण जुटाएर कानुनी रुपमा अघि बढ्ने निर्णय गरेको छ । नेकपा एसले मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णय हालसम्म अख्तियारले नहेरेको उल्लेख गर्दै नेपालमाथि मुद्दा लगाउनुमा सरकारको छाया अख्तियारमा परेको दाबी गरेको छ ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष नेपालसहितलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update