भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे

एजेन्सी– भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरू ५ हजार नाघेका छन्।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन्। यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन्। केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन्।
केरलामा कोभिडका १ हजार ६७९ सक्रिय बिरामीहरू रहेको बताइएको छ। यो सङ्ख्या गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ छन्। मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ १७:५९
प्रतिक्रिया दिनुहोस्