Mero Chitwan
बाजुराको बाम्का बजारमा भीषण आगलागी, ४० भन्दा बढी पसल जलेर नष्ट

काठमाडौं -बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ ।

बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।  आगलागीबाट अहिलेसम्म ४० भन्दा बढी पसल जलेका छन् । 

आगलागी निभाउने कार्य जारी छ । प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरी निरीक्षाक देव बहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरी सो क्षेत्रमा खटिएको जनाइएको छ । आगलागीबाट बजार क्षत्रेमा ठूलो क्षति पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update