Mero Chitwan
अमेरिकामा गोली हानिएको अवस्थामा ४ नेपाली मृत फेला

काठमाडौं- अमेरिकाको भर्जिनियाको मनासस पार्कमा बिहीबार राति एउटा घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको छ। प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार, २ वर्षीय बालक, ८ वर्षीया बालिका र  दुई वयस्कलाई अपार्टमेन्टमा मृत फेला पारिएको हो । घरबेटीले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला पारिएको थियो।

मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र दुई बालबालिका छन् । मनासस पार्क प्रहरीले यो घटना हालसम्म हत्या-आत्महत्याको रूपमा देखिएको बताएको छ । प्रहरीले तत्कालै कसले गोली चलाएको हुन सक्छ भनेर खुलाएको छैन ।

प्रहरीलाई बिहीबार राति करिब १०:४० बजे लानाए लेनको ९४०० ब्लकमा रहेको तलको अपार्टमेन्टमा बोलाइएको थियो। प्रहरीका अनुसार, चारै जनाको मृत्यु गोली लागेर भएको देखिन्छ।

घटनास्थलमा एउटा बन्दूक फेला परेको छ। 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update