Mero Chitwan
साफ यू-२० च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित
साफ यू-२० च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित बंगलादेशमा जारी साफ महिला अन्डर-ट्वेन्टी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ गोलले पराजित भएको छ । ढाकाको बसुन्धारा किंग्स एरिनामा भएको खेलमा दुई गोलले पछि परेको नेपालले पुनरागमन गरे पनि जित हासिल गर्न सकेन ।
नर्भिकमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु
नर्भिकमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु नर्भिक इन्टरनेशनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) सुरु गरिएको छ । सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल सुरुवात गरिएको हो ।
शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आयो मौद्रिक नीति
शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आयो मौद्रिक नीति नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
काठमान्डु गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई
काठमान्डु गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई काठमान्डु गोर्खाजले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मोन्टी देसाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले बिहीबार समाजिक सञ्जालमार्फत मोन्टीको प्रशिक्षक नियुक्ति सार्वजनिक गरेको हो । 
एनपीएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
एनपीएलको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको  नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भए पनि खेलकुद क्षेत्रमा भने कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् । 
स्वास्थ्य बिमामार्फत् बिरामीले २ लाखको सुविधा पाउने स्वास्थ्यमन्त्रीको घोषणा
स्वास्थ्य बिमामार्फत् बिरामीले २ लाखको सुविधा पाउने स्वास्थ्यमन्त्रीको घोषणा  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले अबदेखि दोब्बर उपचार सुविधा प्राप्त गर्ने घोषणा गरेका छन्  ।  मन्त्री पौडेलका अनुसार आगामी साउन १ गतेदेखि आठ जटिल रोगको उपचारमा बिरामीले हालको एक लाखको सट्टा दुई लाख रुपैयाँसम्मको सहायता पाउनेछन् ।
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने सरकारको निर्णय
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने सरकारको निर्णय मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए । 
रसुवा बाढी अपडेट : ७ जनाको शव फेला, २० जना सम्पर्कविहीन
रसुवा बाढी अपडेट : ७ जनाको शव फेला, २० जना सम्पर्कविहीन गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा चीनतर्फबाट एकाबिहानै भोटेकोशी नदीमा भीषण बाढी आएको हो । सुरक्षा निकायले २० जना बेपत्ता भएको प्रारम्भिक जानकारी दिएको हो । तर यकिन जानकारी आइनसकेको नेपाली सेनाले जनाएको छ । बाढीमा फसेका ५७ जनाको उद्धार गरिएको छ । तीमध्ये ३० जनालाई हेलिकोप्टरबाट र २७...
आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति, बुधबारदेखि हडताल फिर्ता
आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति, बुधबारदेखि हडताल फिर्ता उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । सहमतिपछि आन्दोलनरत चिकित्सकहरूले बुधबारदेखि गर्ने भनेको हडताल फिर्ता लिएका छन् ।
रसुवा बाढी : बेपत्ताको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
रसुवा बाढी : बेपत्ताको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको निर्देशन प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति बालुवाटारमा बसेको बैठकले बाढीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
रसुवामा भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो
रसुवामा भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ।
कुलिङ पिरियडको हेरफेरबारे छानबिन गर्न ७ सदस्यीय समिति गठन
कुलिङ पिरियडको हेरफेरबारे छानबिन गर्न ७ सदस्यीय समिति गठन प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की रहेका छन् । 
Weather Update