Mero Chitwan
कुलिङ पिरियड हेरफेरमा दोषी खतिवडा संसदीय सुनुवाइ समितिमा पुरस्कृत

काठमाडौं– संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले खतिवडालाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो । यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो ।

बैठकमा समिति सदस्य कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले राख्नुभएको खतिवडालाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए । 

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जवराले समितिको सभापति पदमा खतिवडाको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । 

यसअघि राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्नकालागि ईश्वरीदेवी न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएका थिइन् । 

त्यस्तै निजामती विधेयकमा भएको कुलिङ पिरियड छेडखानीमा नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update