रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा
आइतबार, भदौ १५, २०८२
उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए।
एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने माग
आइतबार, भदौ १५, २०८२
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण...
चीनमा ओली-मोदी भेट नहुने
शनिबार, भदौ १४, २०८२
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ।
हरपल मृत्युको छायाँबीच कसरी काम गरिरहेका छन् गाजाका पत्रकार ?
शनिबार, भदौ १४, २०८२
काम गर्नका लागि उनीहरूलाई २४ घण्टा बिजुली र इन्टरनेट चाहिन्छ, तर गाजामा बिजुली काटिएको छ। त्यसैले उनीहरू अस्पताल नजिकै बस्छन्, जहाँ जेनेरेटरमार्फत् फोन र अन्य उपकरण चार्ज गर्न सकिनेमात्र बिजुली...
गाउँको फुटबल एकेडेमीले बदलेको बंगलादेशी महिलाको जीवन
शनिबार, भदौ १४, २०८२
करीब १७ करोड ४० लाख जनसंख्या भएको बंगलादेशले अन्तर्राष्ट्रिय खेल क्षेत्रमा प्रायः राम्रो प्रदर्शन गर्न सकेको छैन । तर अहिले यो देश महिलाको फुटबलमा चमत्कारजस्तै गर्न थालेको छ । जुलाई...
भारतलाई एक खेल अगावै साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि
शुक्रबार, भदौ १३, २०८२
आजै भएको दिनको पहिलो खेलमा घरेलु टोली भुटान र बंगलादेशले १-१ गोलको बराबरी खेलेपछि भारतले नेपाललाई पराजित गरेर च्याम्पियन बनेको हो । जारी प्रतियोगितमा नेपालको यो चौथो हार हो ।...
साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु
बिहीबार, भदौ १२, २०८२
कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु भएको छ । गोदावरी नगरपालिका–९, सहरी झोलुंगे पुलनजिक बिहीबार दिउँसो नुहाउने क्रममा खुटिया खोलामा डुबेर उनीहरूको मृत्यु भएको हो ।
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
बिहीबार, भदौ १२, २०८२
अविरल वर्षापछि देशका धेरै राजमार्ग र सडकहरुमा यातायात प्रभावित भएका छन् । पहिरोले देशको राजधानी जोड्ने पृथ्वी राजमार्ग ठप्प भएको छ भने वीपी राजमार्ग पनि अवरुद्ध छ ।
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै
बिहीबार, भदौ १२, २०८२
पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ।
संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा मनाउने सरकारको निर्णय
आइतबार, भदौ ८, २०८२
सरकारले संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा मनाउने भएको छ । दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन...
तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला,यस्तो छ दर्शनसम्बन्धी व्यवस्था
आइतबार, भदौ ८, २०८२
पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपति दर्शनका लागि चारै वटै ढोकाबाट व्यवस्था गरिनेलगायतका प्रबन्ध गरेको छ। कोषकाे आयोजनामा मनाइने तीज र उक्त दिनमा भक्तालुहरुले मन्दिरका दर्शन सम्बन्धमा ११...
लिपुलेकबारे भारत-चीन सहमति : नेपालले पठायो दुवै देशलाई कूटनीतिक नोट
शनिबार, भदौ ७, २०८२
चौतर्फी दबाब बढेपछि सरकारले सरकारले दुवै देशका कूटनीतिक नियोगमार्फत् कूटनीतिक नोट पठाएको हो । सरकारले दुवै देशसँग सीमा विवाद समाधानका लागि स्थापित संयन्त्रमार्फत् छलफल गर्नुपर्ने उल्लेख गरेको छ ।
पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई बिरामीको मृत्यु
शनिबार, भदौ ७, २०८२
नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको...
चितवनमा स्क्रब टाइफसबाट एक जनाको मृत्यु
शनिबार, भदौ ७, २०८२
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
लिपुलेकबारे भारत-चीन सहमति : तत्काल दुबै देशलाई कूटनीतिक नोट पठाउन सरकारलाई दबाब
शुक्रबार, भदौ ६, २०८२
नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापारका लागि भारत र चीनबीच भएको सहमतिको विरोध गर्दै राष्ट्रिय सभा सदस्यहरुले सरकारले दुवै देशलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।
टप एण्ड टी–२० : पाकिस्तान साहीन्ससँग नेपाल १ रनले पराजित
शुक्रबार, भदौ ६, २०८२
अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम तथा महत्त्वपूर्ण खेलमा नेपाल पाकिस्तान साहिन्ससँग एक रनले पराजित भएको छ ।
२०८१ को मदन पुरस्कार छुदेन काविमोको 'उरमाल' लाई
शुक्रबार, भदौ ६, २०८२
०८१ सालको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबारको बैठकले ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ र लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएकामा प्रेमदेव...
नख्खुबाट फर्किएपछि दाहालले भने- रवि लामिछाने दुब्लाएको देखेँ
बुधबार, भदौ ४, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् ।
लिपुलेक पासबाट व्यापार खोल्ने भारत-चीनको सहमतिप्रति नेपाल सरकारको गम्भीर आपत्ति
बुधबार, भदौ ४, २०८२
परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार...