Mero Chitwan
पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु
पोखरामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु आज दिउँसो धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीय साङमाया गुरुङको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको ।  माइक्रोमा ११ जना सवार थिए ।
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त [नामसहित]
सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त [नामसहित] मन्त्री गुरुङका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएका छन् ।
पञ्जाबमा अवैध मदिरा सेवनबाट २१ जनाको मृत्यु
पञ्जाबमा अवैध मदिरा सेवनबाट २१ जनाको मृत्यु उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए । जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।
नर्भिक अस्पतालद्वारा उत्कृष्ट १६ नर्सिङ कर्मचारी पुरस्कृत
नर्भिक अस्पतालद्वारा उत्कृष्ट १६ नर्सिङ कर्मचारी पुरस्कृत नर्भिक इन्टरनेशनल अस्पतालले उत्कृष्ट १६ नर्सिङ कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । विश्व नर्सिङ दिवसका अवसरमा सोमबार आयोजित समारोहमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले १६ जनालाई 'बेस्ट नर्सिङ स्टाफ' अवार्डबाट पुरस्कृत गर्नुभएको हो ।
नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित
नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट पारित वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो। त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो। छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिएका हुन् । 
ट्रम्पद्वारा कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव
ट्रम्पद्वारा कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले भारत र पाकिस्तानबीच विवादको मूल जरोका रूपमा रहँदै आएको कश्मीर समस्या समाधानका लागि मध्यस्थताको प्रस्ताव गरेका छन् ।
गभर्नर बन्ने भएपछि सिफारिस समितिबाट डा पौडेलको राजीनामा 
गभर्नर बन्ने भएपछि सिफारिस समितिबाट डा पौडेलको राजीनामा  नेपाल राष्ट्र बैंकमा गभर्नरको नाम सिफारिस गर्न गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । यससँगै शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र का‌ंग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार अब डा पौडेल नै गभर्नर बन्ने भएका छन् ।
पथलैया-नारायणगढ सडक चार लेनको बनाइने, ईआईए प्रतिवेदन निर्माण हुँदै
पथलैया-नारायणगढ सडक चार लेनको बनाइने, ईआईए प्रतिवेदन निर्माण हुँदै पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि नारायणगढसम्मको एक सय किलोमिटर सडक चार लेनमा विस्तार गरिने भएको छ । यस योजनाअन्तर्गत अहिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार हुने क्रममा छ । 
भारतविरुद्ध पाकिस्तानले सुरु गर्‍यो 'अपरेशन बुन्यान उल मर्सुर्स',  थुप्रै भारतीय सैन्य पूर्वाधारमा आक्रमण गरेको दाबी
भारतविरुद्ध पाकिस्तानले सुरु गर्‍यो 'अपरेशन बुन्यान उल मर्सुर्स', थुप्रै भारतीय सैन्य पूर्वाधारमा आक्रमण गरेको दाबी पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ । भारतविरुद्ध 'अपरेशन बुन्यान उल मन्सूर्स' सुरु गरेको र थुप्रै भारतीय सैन्य पूर्वाधारमा आक्रमण गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ । 
Weather Update