Mero Chitwan
गौरवका आयोजनाका आयोजनाहरुको पुनरावलोकन गरिने, छनोट गर्न मापदण्ड बनाइने
गौरवका आयोजनाका आयोजनाहरुको पुनरावलोकन गरिने, छनोट गर्न मापदण्ड बनाइने सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गर्ने भएको छ । कतिपय गौरवका आयोजनाको प्रगति नै हुन नसकेपछि सरकारले पुनरावलोकन गर्ने भएको हो । यस्तै गौरवका आयोजना छनोट गर्न पनि स्पष्ट मापदण्ड बनाइने भएको छ ।
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक [पूर्णपाठ]
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक [पूर्णपाठ] बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमामा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ ।
सम्पादकीय : नेतृत्वले कार्यशैली सुधार
सम्पादकीय : नेतृत्वले कार्यशैली सुधार आजको गणतन्त्र दिवस केवल उत्सवको दिन होइन, नेताहरूका लागि आत्मसमीक्षा र आत्मशुद्धिको दिन हो। जनताको विश्वास पुनःस्थापना गर्न, उनीहरूले आफ्नो व्यवहार, सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउनैपर्छ। गणतन्त्रको रक्षा केवल नाराबाट हुँदैन—यो आचरणबाट सिद्ध गर्नुपर्छ। जनताको अभिलाषा बुझेर, जनताको पीडा महसुस गरेर, र तीअनुसार नीतिगत तथा व्यवहारिक परिवर्तन गरेरमात्र...
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बजेट सार्वजनिक हुन लागेको हो । १९ खर्ब रुपियाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । 
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल 
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छ : राष्ट्रपति पौडेल  राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने बताउनुभएको छ । 
आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले भने-ममाथिको आरोप राजनीतिक पूर्वाग्रह र षड्यन्त्रमुलक हो
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले भने-ममाथिको आरोप राजनीतिक पूर्वाग्रह र षड्यन्त्रमुलक हो गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचारहरू अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता...
विद्यार्थी भिसा अन्तर्वार्ता रोक्न विश्वभरका दूतावासलाई ट्रम्प प्रशासनको निर्देशन, कति प्रभावित हुन्छन् नेपाली ?
विद्यार्थी भिसा अन्तर्वार्ता रोक्न विश्वभरका दूतावासलाई ट्रम्प प्रशासनको निर्देशन, कति प्रभावित हुन्छन् नेपाली ? विदेशमन्त्री मार्को रुबियोले अर्को निर्देशन जारी नहुञ्जेलसम्म विद्यार्थीको नयाँ भिसा अन्तर्वार्ता रोक्न निर्देशन दिनुभएको हो । पहिल्यै तय भइसकेका भिसाको अन्तर्वार्ता भने यथावत् रहने जनाइएको छ । यो कदम राष्ट्रपति ट्रम्पले उच्चस्तरीय विश्वविद्यालयहरूसँगको आफ्नो विवाद तीव्र बनाइरहेका बेला आएको हो । 
२ बजेसम्म एमालेलाई र त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति
२ बजेसम्म एमालेलाई र त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले दिउँसो २ बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिने निर्णय गरेको हो ।
अफ्ताब आलमले पाए उच्च अदालतबाट पाए सफाइ
अफ्ताब आलमले पाए उच्च अदालतबाट पाए सफाइ रौतहटमा भएको बम विस्फोटमा दोषी ठहर भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ । उच्चले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको हो। 
नेपालमा सात जनामा कोरोना पुष्टि, चिकित्सक भन्छन्-कडा छैन आत्तिनु पर्दैन
नेपालमा सात जनामा कोरोना पुष्टि, चिकित्सक भन्छन्-कडा छैन आत्तिनु पर्दैन नेपालमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल  झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जनाएका हुन् । एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सात जनामा कोरोना पुष्टि भएको हो ।
Weather Update