Mero Chitwan
निजी विद्यालय दुई दिन बन्द हुने, त्रिवि स्नातक तहको परीक्षा प्रभावित हुने

काठमाडौं । जेन-जी पुस्ताको आन्दोलन चर्किएपछि निजी विद्यालय दुई दिन बन्द हुने भएका छन् ।

निजी विद्यालयका छाता संगठन प्याब्सन, एन प्याब्सन र हिसानले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । जेन-जीको प्रदर्शनका क्रममा केही विद्यार्थीको मृत्यु र घाइते भएपछि शोक मनाउन विद्यालय बन्द गर्ने निर्णय भएको एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । 

यसैगरी त्रिभुवन विश्वविद्यालय स्नातक तहको निर्धारित भोलिदेखिको परीक्षा प्रभावित हुने भएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी पुस्ताले गरेको प्रदर्शनमा सरकारले चरम दमन गरेसँगै ठूलो क्षति भएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यलयले भोलिदेखिका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

त्रिविका भोलि २४ देखि २६ गतेसम्मको स्नातक तहको परीक्षा स्थगित गर्ने निर्णय भएको परीक्षा नियन्त्रण कार्यालयका आइटी विभाग प्रमुख दिपक शाहीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update