Mero Chitwan
गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।  १९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक दमनको नैतिक जिम्मेवारी लिँदै मन्त्री लेखकले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्रीलाई राजीनामा दिएका हुन् । 

काठमाडौंलगायत देशका मुख्य शहरहरूमा भएको जेन-जी युवाहरूले आन्दोलन चर्काएपछि साँझ ६ बजे आकस्मिक मन्त्रिपरिषद्को बैठक बसेको हो । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी भएको थियो । 

त्यसअवसरमा देउवाले आजैको बैठकबाट सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update