Mero Chitwan
युवाहरुको भ्रष्टाचारविरोधी अभियानमा समर्थन बढ्दो, प्रहरीद्वारा निगरानी

काठमाडौं । सामाजिक सञ्जालमा केही दिनयता ट्रेन्डिङमा रहेको युवाहरूको भ्रष्टाचार विरोधी अभियानले थप गति लिएको छ । युवाहरुले सोमबार माइतीघर मण्डला र संसद् भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेपछि प्रहरीले पनि निगरानी थालेको छ । 

सडक प्रदर्शनमै उत्रिने युवाहरूको तयारीलाई सरकारले समेत सुक्ष्म रूपमा निगरानी थालेको छ। सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार एवं 'नेपो बेबी' भन्दै सुरू भएको डिजिटल विरोधलाई समर्थन गर्दै थप प्रदर्शनका लागि अनुमति लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार साँझसम्ममा आधा दर्जन समूहले निवेदन पेस गरेका छन् । 

ती पत्रमा युवाहरूको भ्रष्टाचारविरूद्धको कार्यक्रम उल्लेख गरेका छन्। टिकटकमा सडक प्रदर्शनमा उत्रिनका लागि भइरहेको आह्वान र अन्य भिडियोहरू ट्रेन्डिङ् भएपछि सुरक्षा निकायले निगरानी बढाएको छ । अप्रिय घटना हुन नदिन प्रहरीले आह्वानसमेत गरेको छ।

असंगठित युवाहरूका फरकफरक समूहले आह्वान गरेको आन्दोलन सडकमा पुग्दा राजनीतिक स्वार्थ भएका समूह वा दलले फाइदा उठाउन सक्ने हुँदा सतर्क हुनुपर्ने सुझाव छ ।

यता, सामाजिक सञ्जाल बन्दविरूद्ध लगिएका १० वटा रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  २२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update