रत्ननगरमा सवारी दुर्घटनामा बालिकाकाे मृत्यु

रत्ननगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर वडा नं १ साैराहाचाेकमा शुक्रवार दिउँसाे भएकाे सवारी दुर्घटनामा एक बालिकाकाे मृत्यु भएकाे छ ।
मिनीबसले ठक्कर दिँदा खैरहनी नगरपालिका ८ बस्ने ३ वर्षीया समिरा विककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय टाँडीले जनाएकाे छ ।
भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेकाे ना ३ ख ५७३७ नम्बरकाे बसले पैदलयात्री विकलाई ठक्कर दिँदा उनी घाईते भएकी थिईन् । घाईते विकलाई बकुलहर रत्ननगर अस्पतालमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएकाेमा चिकित्सकले उनलाई ५:४८ बजे मृत घाेषणा गरेका थिए । घटना दिउँसाे ३:३० बजे भएकाे प्रहरी जनाएकाेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ २२:२१
प्रतिक्रिया दिनुहोस्