Mero Chitwan
जेन-जीको प्रदर्शनमा दमन : छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं । जेन-जीहरुले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछिको घटनाबारे छानबिन गर्न सरकार समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले छटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइने बताइएको छ ।

जेन-जीहरुले गरेको प्रदर्शनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको छ । घटनामा ३ सय ४७ जना घाइते भएका छन् । घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । 

तरऽ विपक्षी दलहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update