आइसीसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित
सोमबार, कात्तिक १२, २०८१
साफ महिला च्याम्पियनसिप : सनसनीपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा
आइतबार, कात्तिक ११, २०८१
नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सनसनीपूर्ण खेलमा भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । निर्धारित समय दुवै टोलीको एक-एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
बिहीबार, कात्तिक ८, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्काविरुद्ध चार गोलको अग्रता लिएको थियो । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक-एक गोल गरिन् । सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यस्तै खेलको ११औँ मिनेटमा...
साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश समूहविजेताका रुपमा सेमिफाइनल प्रवेश
बुधबार, कात्तिक ७, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै बङ्गलादेश समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । बङ्गलादेशले दुई खेलबाट चार अङ्क बटुल्दै समूह ए को शीर्षस्थानमा रहेको हो ।
माल्दिभ्समाथि नेपालको गोलको वर्षा
सोमबार, कात्तिक ५, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन् । यसैगरी सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान एक–एक गोल गरे ।
नेपाललाई टी-२० शृङ्खलाको उपाधि, सुपर ओभरमा अमेरिका पराजित
आइतबार, कात्तिक ४, २०८१
नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकको डलासमा आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो ।
टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती
आइतबार, कात्तिक ४, २०८१
टी-२० आई सिरिजमा नेपालले अमेरिकालाई १ सय ७१ रनको चुनौती दिएको छ । अलराउन्डर कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालले निर्धारित २० ओभरको समाप्तीमा ६ विकेट गुमाएर अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य दिएको हो । कुशलले अविजित रहँदै ५४ बलमा ९२ रन बनाएका हुन् ।
साफ महिला फुटबल : नेपाल र भुटानबीचको खेल बराबरी
शुक्रबार, कात्तिक २, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक-एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो ।
साफ महिला फुटबल : भारतद्वारा पाकिस्तान पराजित
बिहीबार, कात्तिक १, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको हो । भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो । खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । त्यस्तै मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन् ।
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
बिहीबार, कात्तिक १, २०८१
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई
शनिबार, असोज १९, २०८१
पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा आज भएको खेलमा कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई ३-२ सेटले हराएको हो ।
दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरियतामा विश्वकै दोस्रो नम्बरमा
बुधबार, असोज १६, २०८१
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आइसिसीले बुधबार जारी गरेको नयाँ बरियताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए ।


