एसीसी प्रिमियर कप आजदेखि, पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने
शुक्रबार, चैत ३०, २०८०

अन्तरप्रदेश खेलकुद : महिला भलिबलमा लुम्बिनी र कर्णाली सेमिफाइनलमा
बिहीबार, चैत २९, २०८०
लुम्बिनी र कर्णाली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिलातर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–११, २५–१६ र २५–९ ले हराएको थियो ।

अन्तरप्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई
मंगलबार, चैत २७, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा मंगलबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
वेस्टइन्डिजको टिम नेपालसँगको सिरिजका लागि काठमाडौं आउँदै
मंगलबार, चैत २७, २०८०
नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको 'ए' टिमसँग खेल्न लागेको हो। वेस्ट इन्डिज 'ए'ले पहिलो पटक नेपाल भ्रमण गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ । विश्वकप जितेको कुनै पनि देशको ए टिम पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो।
यस्तो छ टी-२० विश्वकपको नेपाली जर्सी
सोमबार, चैत २६, २०८०
आइसीसी टि-२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी सार्वजनिक भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरेकाे हाे ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुद: लुम्बिनी प्रदेशलाई ११०रनले हराउँदै कोशी प्रदेश महिला क्रिकेटको फाइनलमा प्रवेश
सोमबार, चैत २६, २०८०
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको दोस्रो सेमीफाइनलमा लुम्बिनी प्रदेशमाथि ११० रनको जित हात पार्दै कोशी प्रदेशले उपाधि उचालेको हो

एसएमएस कप : गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि
आइतबार, चैत २५, २०८०
भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ। गुजरात, बरोडा र नेपाल सम्मिलित सिरिज अन्तर्गत आइतबारको फाइनल खेलमा गुजरातलाई हराउँदै नेपालले उपाधि जितेको हो

एक दिवसीय सिरिज :नेपाल ए आयरल्यान्ड उल्भ्ससँग पराजित,सिरिज पनि गुमायो
शुक्रबार, चैत २३, २०८०
आयरल्यान्ड उल्भ्ससँगको तीन खेलको एक दिवसीय सिरिज नेपाल एले एक खेल अगावै गुमाएको छ । सिरिज अन्तर्गत आज भएको दोस्रो खेलमा आयरल्यान्ड १ सय १४ रनले विजयी भयो । आयरल्यान्डका बलर सामु नेपाली ब्याट्समेन निरिह देखिए ।
आइपीएल : गुजरातमाथि पञ्जाब टाइटन्सको रोमाञ्चक जित
शुक्रबार, चैत २३, २०८०
पञ्जाब किंग्सले आईपीएल २०२४ मा गुजरात टाइटन्समाथि रोमाञ्चक तीन विकेटको जित हात पारेको छ । बिहीबार जितका लागि दुई सय रन पछ्याएको पञ्जाब जितसम्म पुग्दा एक बलको खेल बाँकी थियो।

अन्तरविद्यालय मेयर कप फुटबल वैशाख तेस्रो सातादेखि, भरतपुर महानगर र सेन्ट्रल कलेजबीच सम्झौता
बिहीबार, चैत २२, २०८०
भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने अन्तरविद्यालय मेयर कप फुटबल प्रतियोगिताका लागि महानगर र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरबीच सम्झौता भएको छ ।

एसएमएस फ्रेन्डसिप कप : नेपालले लगातार तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश
बुधबार, चैत २१, २०८०
भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’को फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो

त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजमा नेपाल ८ विकेटले विजयी
आइतबार, चैत १८, २०८०
फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
आइतबार, चैत १८, २०८०
शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो ।