Mero Chitwan
वेस्ट इन्डिज 'ए'ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं-नेपाल र वेस्ट इन्डिज 'ए'बीचको जारी दोस्रो टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिजले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

 वेस्ट इन्डिजका लागि आन्द्रे फ्लिचरले ४३, गुडाकेस मोतीले ३३, रोस्टन चेजले २३ र जोन्सन चाल्सले ११ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले समान २-२ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिएका छन् । हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update