Mero Chitwan
सन्दीपको खुला चुनौती - दोषी देखिए मलाई फाँसीमा चढाइयोस्

काठमाडौं–क्रिकेटर सन्दीप लामिछानेले आफू  र गौशाला २६ बीच अनुपयुक्त सम्बन्ध प्रमाणित गर्न खुला चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमा खुल्ला चुनौती दिँदै उनले लेखेका छन्, 'मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको तथ्य र प्रमाणले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस्, मलाई ८ बर्ष ले पुग्दै पुग्दैन।'

जिल्ला अदालतको फैसलामा गम्भीर त्रुटि भएको थाहा भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘तर पनि धेरै चुप लागेर बसें। कानून व्ययवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले, न प्रमाणले, न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु ?'

उनले आफू न्याय माग्दा-माग्दा शिथिल भईसके पनि उल्लेख गर्दै भनेका छन्-यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफैँ निस्केला, मचाहिँ विश्वस्त छु।'

सन्दीपको उच्च अदालतको अर्को पेसी जेठ १ लाई तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  २३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update