Mero Chitwan
वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिज ‘ए’ले चौथो टी-ट्वेन्टी खेलमा नेपाललाई २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा वेस्ट इन्डिज ‘ए’ले २० ओभरमा तीन विकेट गुमाउँदै २ सय ९ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले वेस्ट इन्डिज 'ए'को दुई विकेट लिए । उनले दोस्रो र तेस्रो विकेट लिएका छन् । चौधौँ ओभरको दोस्रो बलमा केसी कार्टीलाई आउट गराएका भुर्तेलले दशौँ ओभरको अन्तिम बलमा जोनसन चाल्सलाई आउट गराएका थिए । 

त्यसअघि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा एलिक एथान्जेलाई क्याच आउट गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update