Mero Chitwan
वेस्ट इन्डिज ‘ए’सँगको चौथो खेलमा नेपाल २८ रनले पराजित

काठमाडौं- वेस्ट इन्डिज ‘ए’सँगको टी-ट्वेन्टी सिरिजको चौथो खेलमा पनि नेपाल २८ रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । वेस्ट इन्डिज ‘ए’ले आजको खेलमा नेपाललाई दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो । वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमार २ सय ९ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update